सिड्नीमा भएको दुर्घटनामा ५ बालबालिकाको मृत्यु

भाद्र २२, २०७९ | सिड्नी

अस्ट्रेलियाको सिड्नीमा भएको कार दुर्घटनामा ५ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । सिड्नीबाट करिब एक सय किलोमिटरको दुरीमा रहेको बक्सन भन्ने स्थानमा मंगलबार साँझ कार दुर्घटना भएको हो । 

दुर्घटनामा १४ वर्षिया दुई बालिका र १५ वर्षिया एक बालिकाको मृत्यु भएको छ भने १५ र १६ वर्षिय दुई बालकले समेत दुर्घटनामा ज्यान गुमाएका छन् । ६ जना सवार कार रातीको करिब ८ बजे एक रुखमा ठोक्किएको प्रहरीलाई उद्धृत गर्दै द गार्जिएनले जनाएको छ । दुर्घटनामा सवारी चालक १८ वर्षिय एक युवा भने बाँच्न सफल भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 


प्रतिक्रिया