अस्ट्रेलियामा प्रकोप न्यूनीकरण सम्मेलन

आश्विन ४, २०७९ | काठमाडौं

एसिया प्रशान्त क्षेत्रका ४० देशका मन्त्री सम्मिलित प्रकोप जोखिम न्यूनीकरण सम्मेलन अस्ट्रेलियामा सुरु भएको छ । ४ दिनसम्म चल्ने सम्मेलनले यस क्षेत्रमा हुन सक्ने विपद्को न्यूनीकरण, व्यवस्थापन, सहयोग विस्तार, सहकार्य लगायतका विषयमा कार्ययोजना तयार गर्ने जनाइएको छ ।

 अस्ट्रेलियाली सरकार तथा संयुक्त रास्ट्रसंघको प्रकोप जोखिम न्यूनीकरण कार्यालयको संयुक्त आयोजनामा भएको सम्मेलनमा ४० देशका मन्त्रीका साथै उच्च अधिकारी, विज्ञ, निजी क्षेत्रलगायतका करिव ३ हजारले सहभागिता जनाएका छन् । भूकम्प, बाढीपहिरो, खडेरी, आँधीलगायत प्रकोपको उच्च जोखिम र समस्यालाई झेलिरहेका देशलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

क्विन्सल्यान्डको राजधानी ब्रिसबेनमा सुरु सम्मेलनमा नेपालका तर्फबाट गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको टोली सहभागी छ । त्यसका साथै अन्य विभिन्न संस्थाका करिब ३ दर्जनको उपस्थिति छ । पहिलो दिन हिजो एसिया प्रशान्त क्षेत्रमा प्रकोप न्यूनीकरणका लागि अझ प्रभावकारी सहकार्य तथा समन्वय गर्ने विषयमा छलफल भएको जनाइएको छ । प्रकोप न्यूनीकरण, सहकार्य, फोहोर व्यवस्थापन, सामुदायिक शिक्षा, बहुक्षेत्रीय तथा क्षेत्रीय साझेदारीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।


प्रतिक्रिया