अस्ट्रेलियाले कामको अधिकार कटौती गर्ने

आश्विन २७, २०७९

अस्ट्रेलियाले अन्तराष्ट्रि्रय विद्यार्थीलाई दिएको पूर्णकालिन काम गर्ने अधिकार आगामी बर्षदेखि कटौती गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले केहीदिनअघि सार्वजनिक बिज्ञप्ति निकाल्दै सन २०२३ को जुन ३० देखि विद्यार्थीलाई अहिले पाउदै आएको दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न पाउने अधिकार बन्द गर्ने जनाएको छ । अस्ट्रेलियामा अध्ययनका लागि आउने अन्तरास्ट्रिय विद्यार्थीलाई दुईसातामा ४० घण्टा काम गर्न पाउने कानुनी व्यवस्था गरिएको छ । तर कोरोना भाइरसको संक्रमण शुरु भएको केही समयपछि अस्ट्रेलियाले उक्त प्रावधानलाई खुकुलो बनाएको थियो । 

लामो समयसम्म भएको सीमाबन्द, कोरोना संक्रमणका कारण कामदारको नियमित अभाव भएकाले सरकारले बिद्यार्थीलाई पूर्णकालिन काम गर्न पाउने अधिकार दिएको थियो । जस अन्तरगत बिद्यार्थीले दुई साताको ८० घण्टासम्म काम गर्न पाउने अधिकार पाएका थिए । तर गृहमन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले एक सार्वजनिक सुचना मार्फत उक्त अधिकार आगामी सन २०२३ जुन ३० पछि बन्द गरिने बताएको छ । यसपछि बिद्यार्थीले साताको ४० घण्टाभन्दा बढी काम गर्न पाउने छैनन् । 

अध्यागमन तथा विद्यार्थी भिसाको क्षेत्रमा काम गरिरहेकाहरु सरकारको यो निर्णय अपेक्षित भएपनि यसले बिद्यार्थीलाई आर्थिक लगायतका समस्या सृजना गर्ने बताउँछन् । सिड्नीमा रहेर यस क्षेत्रमा काम गरिरहेका अर्जुन थपलिया यसले मुख्य गरेर ठुलो आर्थिक समस्यामा बिद्यार्थीलाई पार्ने दाबी गरेका छन् । अस्ट्रेलियामा अहिले उच्चशिक्षा अध्ययनका लागि विश्वविद्यालय तथा अध्ययनको बिषय अनुसार बर्षको २० हजार डलर करिब १६ लाख रुपैयाँदेखि ३८ हजार डलर करिब ३० लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्छ ।  


प्रतिक्रिया