शुन्य कोभिड नीति फिर्ता गर्न चीन सरकार बाध्य

मंसिर २१, २०७९

चीनले लागु गरेको शुन्य कोभिड नीति फिर्ता लिएको छ । मुख्य शहरहरुमा लगातार विरोध प्रदर्शन चर्किएपछि चीन सरकार सो नीति फिर्ता लिन बाध्य बनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो । कोभिड भएका व्यक्तिहरूले अब राज्यले व्यवस्था गरेको स्थानमा नभई घरमा अलग्गै बस्न सक्नेछन् । विद्यालय र अस्पतालमा मात्र अब कोभिड परीक्षण गरिएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । 

पछिल्लो समय कोरोना सक्रमण बढेको भन्दै चीनले कोभिड संक्रमण पुष्टि भएका र सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइन शिविरमा जान बाध्य पारेको थियो । सो नीतिले व्यक्तिलाई परिवारबाट अलग गरेको भन्दै सर्वसाधारणले विरोध गर्दै आएका थिए । सरकारको नीति आकस्मिक परिवर्तन भएपछि नागरिकले राहत महसुुस गरेपनि चिन्ता व्यक्त गरेका छन् । चीनमा अझै पनि कोभिडका लाखौं संक्रमित भेटिएका छन् । दैनिक जसो चीनमा ३० हजारको संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया