सरकारी भवनको आक्रमणमा ब्राजिलका पूर्व राष्ट्रपतिको संलग्नताको आशंका

पुस ३०, २०७९

ब्राजिलको सर्वोच्च अदालतले ब्रजिलियामा भएको दङ्गामा पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि छानविनको दायरामा ल्याउन सहमति जनाएको छ । ब्राजिलको एक सरकारी भवनमा भएको आक्रमणमा भएको संलग्नताको आशंकामा अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालत सहमत भएको हो । सरकारी भवनमा भएको आक्रमणमा बोल्सोनारोको पनि संलग्ना रहेको भन्दै विरोध भईरहेको थियो छ ।

पूर्व राष्ट्रपति बोल्सोनारोले अक्टोबरको राष्ट्रपति चुनावको वैधतामाथि प्रश्न उठाउने भिडियो पोष्ट गरेको केहि दिनपछि सो विषय बाहिरिएको बताइएको छ । बोल्सोनारोको सो भिडियोले अपराधलाई थप प्रसय दिएको अभियोजकहरुको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनीहरुले हिजो सर्वोच्च अदालतमा पूर्वराष्ट्रपतिलाई छानबिनमा समावेश गर्न माग गरेका थिए । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पदमा मतदान गरिएको नभइ सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको बोल्सोनारो भिडियोमा दाबी गरिएको बीबीसीले उल्लेख गरेको छ । भिडियो पोष्ट गरिएको केहिबेरमा मेटाइएको थियो । 


प्रतिक्रिया