क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने

माघ ७, २०७९

लेबर पार्टीका सांसद क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ पार्टीबाट संसदीय दलको नेतामा हिपकिन्सको एकल उम्मेदवारी परेकाले प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ । लेवर पार्टीले संसदमा हिपकिन्सलाई आफ्नो संंसदीय दलको नेता घोषणाको प्रक्रिया भने गर्न बाँकी छ । हिपकिन्सले संसदीय दलको नेता बन्नु अघि आइतबार न्युजिल्याण्डको प्रतिनिधिसभामा लेबर पार्टीबाट औपचारिक रुपमा अनुमोदन गर्नुपर्ने छ । यदि हिपकिन्सले सो समर्थन प्राप्त गरेमा, राजीनामा दिएकी प्रधानमन्त्री जसिन्डा आर्डेनले ७ फेब्रुअरीमा गभर्नर–जनरललाई औपचारिक रुपमा आफ्नो राजीनामा बुझाउनुहुने । त्यसपछि राजा चाल्र्स तृतीयको तर्फबाट न्युजिल्याण्डका गर्भनर जेनरेलले हिपकिन्सलाई प्रधानमन्त्री नियुक्त गर्ने बीबीसीले उल्लेख गरेको छ ।

हिपकिन्स सन् २००८ मा पहिलो पटक संसदमा निर्वाचित हुनुभएको थियो । यस्तै उहाँलाई सन् २०२० मा कोभिड–१९ मामिला हेर्ने मन्त्रालयको जिम्मा दिइएको थियो । ४४ वर्षीय हिपकिन्स अहिले प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री हुनुहुन्छ । न्युजिल्यान्डमा अक्टोबरमा आम चुनाव हुने भएकाले हिपकिन्सको पदावधि अनिश्चित छ ।


प्रतिक्रिया