अफगानिस्तानमा शितलहरका कारण दुई सातायता १ सय ४ जनाको मृत्यु

माघ १०, २०७९

अफगानिस्तानमा शितलहरका कारण पछिल्लो दुई सातायता १ सय ४ जनाको मृत्यु भएको छ । अफगानिस्तानका १४ प्रदेशमा पछिल्लो २ सातामा चिसोका कारण नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १० लाख अफगानि नागरिक प्रभावित हुन पुगेका छन् ।

चिसोका कारण ७५ हजारभन्दा बढी गाईवस्तु पनि मरेको बताइएको छ । प्रभावित १० लाख अफगानि नागरिकको रक्षाका लागि तालिवान सरकार उद्दारमा खटिएका छन ।


प्रतिक्रिया