जापानमा जन्मदर घट्यो

माघ १०, २०७९

जापानमा जन्मदरमा आएको हसका कारण सामाजिक संरचना प्रभावित भएको प्रधानमन्त्री फूमियो किसिदाले बताउतुभएको छ । जपानमा सन २०२२ मा अपेक्षा गरिए भन्दा ८ लाख कम जन्म भएको बीबीसीले उल्लेख गरेको छ । जापानको जनसंख्या १२ करोड ५० लाख हाराहारीमा रहने अनुमान गरिएको छ । पछिल्लो समय विश्वकै जनसंख्या घट्दो क्रममा छ । तर जपनाको जनसंख्या घट्ने क्रम सवैभन्द उच्च रहेको बताईएको छ ।

वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको र जन्मदर समेत घटेपछि सामाजिक संरचना प्रभावित भएको हो । ६५ वर्ष माथिका नागरिक बढी हुने देशको सूचिमा जपान दोस्रो स्थानमा रहेको विश्व बैंकको तथ्याङकमा उल्लेख छ । जापानमा करिब २८ प्रतिशत जनसंख्या ६५ वर्ष उमेर समूहमाथिको रहेको बीबीसीले जनाएको छ ।

जनसंख्या वृद्धिका लागि सरकारले बालबालिका र बाल–पालन सम्बन्धी नीतिहरु ल्याउने तयारी गरेको छ । जापानी सरकारले बालबालिका सम्बन्धी कार्यक्रममा खर्च दोब्बर गर्ने रणनीति अघि सारेको हो । 


प्रतिक्रिया