पाकिस्तानमा आर्थिक संकट गहिरियो

माघ ११, २०७९

पाकिस्तानको विदेशी मुद्रा सञ्चिती घट्दा आर्थिक संकट गहिरिएको छ । पाकिस्तानको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पाकिस्तान सरकारसँग अब दुई साताका लागी मात्रै पुग्ने विदेशी मुद्राको सञ्चिति छ । 

स्टेट बैंक अफ पाकिस्तानमा हाल ४ दशमलव ३४ अर्ब अमेरिकि डलर सञ्चिति छ जुन मुलुक धान्न जम्मा दुई साताका लागी मात्रै पर्याप्त हुने समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

लगातारको राजनीतिक खिचातानी र सेनाको हस्तक्षेपका कारण आर्थिक संकटको प्रमुख कारण रहेको फाइनान्सीयल पोष्टले उल्लेख गरेको छ । अमेरिकि आर्थिक क्षेत्रको प्रतिष्ठित पत्रिका फाइनान्सीयल पोष्टले पाकिस्तान सरकारले संयुक्त अरब इमिरेट्सको बैंकलाई एक अर्क डलरको ऋण तिरेपछि सञ्चितिमा थप गिरावट आएको हो । 

पाकिस्तानमा कयौं मानिस खाद्य संकटको सामना गरिरहेका छन् । पाकिस्तानले अन्तराष्ट्रिय मुद्रा कोषले स्विकृति दिएको ६ अर्ब डलरको ऋण सहित मित्रराष्ट्रहरु साउदी अरब, चीन, र युएइबाट सहयोगको अपेक्षा गरिरहेको छ । 


प्रतिक्रिया