न्यूजिल्याण्डको प्रधानमन्त्रीको रुपमा क्रिस हिपकिंशको सपथ

माघ ११, २०७९ | काठमाडौं

न्यूजिल्याण्डका नवनियुक्त प्रधानमन्त्री क्रिस हिपकिंशले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डनको राजीनामा गभर्नर–जनरलबाट आज औपचारिक रुपमा स्वीकृत भएसँगै हिपकिंश देशको ४१ औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो ।

वर्तमान प्रधानमन्त्री जसिन्डाले मुलुकको लागि अब आफूले केहि गर्न बाँकी नरहेको भन्दै केहि दिन अगाडि पदबाट राजीनामा दिनुभएको थियो ।

जसिन्डाको राजीनामापछि लेबर पार्टीले हिपशिंकलाई सर्वसम्मबाट संसदीय दलको नेतामा चयन गरेको थियो । लेबर पार्टीले हिपकिंशलाई गत आयतबारको संसदमा औपचारीक रुपमा दलको नेता बारे जानकारी गराएको थियो ।

त्यसलगत्तै हिपकिंशलाई प्रधानमन्त्री बन्नका लागि बाटो खुलेको थियो । हिपकिंशले आगामी ८ महिनासम्म देशको नेतृत्व गर्नुहुने छ । अक्टोबरमा न्यूजिल्याण्डमा आम निर्वाचन हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 


प्रतिक्रिया