इजरायली आक्रमणमा परी ९ जना प्यालेस्टिनीको मृत्यु

माघ १२, २०७९ | काठमाडौं

इजरायली सेनाको आक्रमणमा परि कम्तीमा ९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । 

गत वर्षको सुरुमा इजरायली आक्रमणहरू तीव्र भएदेखि इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा कम्तिमा नौ जना प्यालेस्टिनीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

 एक दर्जन बढी घाइते भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा अन्य १६ जना घाइते भएको जनाएको छ । इजरायलको सो आक्रमणलाई प्यालेस्टिनीहरूले नरसंहारको संज्ञा दिएका छन् ।

 इजरायली सेनाले अस्पताल तर्फ अश्रु ग्यासका डब्बाहरु फाल्दा निसास्सिएर बालबालिका समेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूले गोली चलाउँदा गोली हानिएको बताएका छन् । इजरायलले बढ्दो सशस्त्र प्यालेस्टिनी प्रतिरोधलाई तोड्ने प्रयासमा गत वर्षदेखि सो क्षेत्रमा आक्रमणहरू तीव्र पारेको छ । 


प्रतिक्रिया