रुसद्वारा बेलायतमा क्षेप्यास्त्र प्रहार चेतावनीको खुलास

माघ १६, २०७९

बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो कार्यकालमा रुसले क्षेप्यास्त्र आक्रमणको चेतावनी दिएको खुलासा गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले टेलिफोन मार्फत क्षेप्यास्त्र आक्रमणको धम्की दिएको जोनसनको भनाई छ । गत वर्षको फेब्रुअरीमा टेलिफोन संवादकै क्रममा युक्रेन युद्ध घातक हुने आफ्नो टिप्पणीपछि रुसले सो चेतावनी दिएको जोनसोनको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरे पश्चिमी प्रतिबन्धहरु र रुसको सिमानामा नेटो सेना थपिने जोनसनले चेतावनी दिनुभएको थियो । रुस युक्रेनको युद्धमा युक्रेनप्रति बेलायतको भूमिकालाई लिएर रुस रुष्ट छ । 


प्रतिक्रिया