पाकिस्तानको एक मस्जिदमा विस्फोट : ५९ को मृत्यु

माघ १७, २०७९

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ । प्रहरी हेडक्वाटर लक्षित गर्दै मस्जिदमा भएको सो आत्मघाती वम विस्फोटमा परी १ सय ५७ व्यक्ति घाइते भएका छन् । सो मस्जिदमा ३ सय देखि ४ सयको संख्यामा प्रहरी अधिकारी प्रार्थनाका लागी गएका समय विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

मस्जिदमा उपासकहरुले खचाखच भरिएको बेला विस्फोट भएको र भवनको एक भाग ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुनै पनि समुहले विष्फोटको जिम्मा लिएका छैनन् । त्यस्तै पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले आक्रमणको कडा निन्दा गर्नुभएको छ । घटनापछि पाकिस्तानको राजधानी इस्लामादमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । सो मस्जिद शहरको सबैभन्दा सुरक्षीत क्षेत्र मध्ये एक हो । मस्जिद क्षेत्रमा प्रहरी मुख्यालय र आतंकवाद विरोधी ब्यूरोका कार्यलय छन् । यसअघि गत डिसेम्बरमा उत्तर पश्चिम क्षेत्रमा प्रहरी चौकीलाई लक्षित गर्दै गरिएको आत्मघाती वम विष्फोटमा परी ३३ जनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया