अमेरिकामा बेरोजगारी दर ५४ वर्षयताकै न्यून विन्दूमा

माघ २१, २०७९

अमेरिकामा बेरोजगारी दर करिब साढे ५ दशकयताकै न्यून विन्दुमा झरेको छ । जनवरी महिनामा मुलुकको बेरोजगारी दर ३ दशमलव ४ प्रतिशतमा झरेको श्रम मन्त्रालयको प्रतिवेदनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । गत वर्षको डिसेम्बर महिनामा ३ दशमलव ५ प्रतिशत बेरोजगारी दर रहेकोमा हाल सो संख्यामा अझ सुधार आएको हो ।

रोजगारी सिर्जना भएसंगै मुल्यवृद्धि कम हुने अपेक्षा गरिएको छ ।

गत महिना ५ लाख १७ हजार दैनिक ज्यालादारीका मजदुरको संख्या थपिएको छ । जसलाई ६ महिनायताकै सर्वाधिक भनिएको छ । रोजगारी वृद्धि सन् २०२२ मा ४ लाख १ हजार को मासिक औसत भन्दा राम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै मुलुकमा अर्थतन्त्र मन्दीको कुनै चुनौती नरहेको समाचारमा भनिएको छ । यद्यपि रोजगारीको अवस्था बढेपनि ज्याला दर भने जनवरीमा थप कम भएको बताइएको छ । 


प्रतिक्रिया