चीनमा कोरोनाका कारण एक सातामा ३ हजार बढीको मृत्यु

माघ २२, २०७९

चीनमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक सातामा ३ हजार बढीको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसीका अनुसार गत महिनाको जनवरी २७ देखि फेबु्रअरी २ सम्म ३ हजार २ सय ७८ जनाको मृत्यु भएको हो । ती मध्ये १ सय ३१ जना संक्रमणपश्चात श्वासप्रश्वासमा आएको समस्याका कारण मृत्यु भएको हो । यस्तै ३ हजार १ सय ४७ संक्रमणसँगै अन्य रोगहरुको कारणले मृत्यु भएको ससमाचारमा भनिएको छ ।

चीनमा गत डिसेम्वरयता कोरोनाका कारण ८२ हजार २ सय ३८ को मृत्यु भएको सीडीसीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । गत डिसेम्बर ७ मा चीनले सून्य कोभिड नीतिलाई हटाएसँगै संक्रमण र मृत्यु दर नितरन्तर बढ्दै गएको हो । यद्यपी गत जनवरी ४ मा उच्च विन्दुमा पुगेको कोरोना मृत्यु दर भने पछिल्ला दिनमा दैनिक ७९ प्रतिशतले घटेको दाबी गरिएको छ ।


प्रतिक्रिया