रुसी डिजेलमा युरोपेली मुलुकको प्रतिबन्ध

माघ २३, २०७९

रुसी डिजेल र अन्य प्रशोधित तेल उत्पादनहरुमा युरोपेली मुलुकले प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणको गरेको भन्दै रुसी डिजेलमा युरोपियन युनियन इयुले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जि सेभेन राष्ट्रले इन्धनको मुल्य समायोजन गर्दै अधिकतम मुल्य तोकेपछि सो इयुले त्यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत शुक्रबार जी ७ समूह सहित, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको मूल्य प्रतिव्यारल अमेरिकी ६० डलरमा सिमित गर्ने निर्णय गरेका थिए ।

चीन र भारतमा इन्धन निर्यातको बाटो खुला गरेपछि विश्व इन्धन बजारमा सन्तुलन कायम गर्ने उद्धेश्य राखिएको अलजजिराले जनाएको छ । विश्व अर्थतन्त्रमा ढुवानीका सवारीसाधनमा प्रयोग हुने डिजेलको मुल्यले निकै अर्थ राख्दछ । युरोपियन युनियनका २७ राष्ट्रले अब अमेरिका र मध्यपूर्वबाट इन्धन आयात गर्ने तय भएको छ । कुनै समय युरोपको १० प्रतिशत इन्धन आयात रुसबाट हुन्थ्यो । 


प्रतिक्रिया