जुमले गर्‍यो १ हजार ३ सय बढी कर्मचारी कटौती

माघ २५, २०७९

कोरोनाकालमा सर्वाधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ । महामारीको कमीसँगै प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै कर्मचारी कटौती गरेको द गार्जियनले जनाएको छ । कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा कमी आएको छ ।

सन् २०२२ मा कम्पनीको नाफा करिब ३८ प्रतिशतले घटेको अनुमान गरिएको छ । कम्पनीको राजश्व वृद्धि पनि घट्दै गएको बताइएको छ । आगामी आर्थिक वर्षको लागि ९८ प्रतिशतको आफ्नो तलब कटौती गर्ने र आफ्नो बोनस त्याग गर्ने जुमका कार्यकारी अधिकृत एरिक युआनले बताउनुभएको छ । यस्तै कार्यकारी नेतृत्व टोलीको तलवमा समेत २० प्रतिशतले कटौती गरिएको छ । यद्यपी कर्मचारहिरुले १६ महिनाको तलवसहित स्वास्थ्य सुविधा र वार्षिक बोनस प्राप्त गर्ने बताइएको छ । अमेरिकी कम्पनी अमेजनदेखि मेटा गुगलसम्मले उच्च मुद्रास्फीति र बढ्दो ब्याजदरका कारण मागमा आएको गिरावटलाई हटाउन यस वर्ष हजारौंलाई कामबाट निकालेका छन् । 


प्रतिक्रिया