विश्वका १ करोड ५० लाख मानिस हिमताल फुट्ने जोखिममा

माघ २५, २०७९

विश्वका १ करोड ५० लाख मानिस फुट्ने जोखिममा रहेका हिमतालको नजिक बसोबास गरिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको न्युकासल विश्वविद्यालयले गरेको अध्ययन अनुसार हिउं पग्लिने क्रम तिव्र हुनुको साथै जल सतहको मात्रा वृद्धि हुने एवं नयाँ हिमताल बन्ने क्रम तिव्र भएको छ ।

पृथ्वीको तापक्रम बढ्दा विश्वभरकै हिम तालहरु जोखिममा रहेको नेचर जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । कुनै पनि समय तालहरु फुट्ने जोखिम रहेको अध्ययनको निष्कर्ष छ । मुख्य गरी भारत, पाकिस्तान, चीन र पेरुमा हिमताल फुट्ने जोखिम उच्च रहेको बताईएको छ । एसियाली मुलुकमा जोखिममा रहेका हिमतालको १० किलोमिटर आसपासमा झण्डै १० लाख नागरिक बसोबास गर्ने गरेको विश्वविद्यालयको अध्ययनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 


प्रतिक्रिया