स्पेनका प्रधानमन्त्रीद्वारा आम निर्वाचनको घोषणा

जेष्ठ १५, २०८०

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्थानीय र क्षेत्रीय चुनावमा आˆनो पार्टीलाई ठूलो झट्का लागेपछि जुलाई २३ का लागि प्रारम्भिक आम निर्वाचनको आह्वान गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै सान्चेजले संसद भंग गर्ने आफ्नो निर्णयबारे राजा फिलिप छैठौंलाई जानकारी गराएको बताउनुभयो ।

उहाँको दल स्पेनिश समाजवादी वर्कर्स पार्टी र सहयोगी पोडेमोसले चुनावको क्रममा मैदान गुमाएको एक दिन पछि प्रधानमन्त्री सान्चेजको यस्तो भनाई सार्वजनिक भएको हो । स्थानीय र क्षेत्रीय चुनावको नतिजा हेरेर निर्णय लिएको उहाँले बताउनुभएको छ । सान्चेजले यसअघि आˆनो चार वर्षको कार्यकाल पूरा गर्ने बताउनु भएको थियो । 


प्रतिक्रिया