भारत र बंगलादेशबीच भारुमा ब्यापार गर्ने सहमति

श्रावण २६, २०८० | काठमाडौं

 

केएफएम डेस्क

भारत र बंगलादेशबीच भारतीय मुद्रामा ब्यापार गर्ने ऐतिहासिक सहमति भएको छ । सो सहमतिले दुई मुलुकबीचको व्यापार परिमाणमा वृद्धि हुने र डलरको कारोबार कम हुने आशा गरिएको अलजजिराले उल्लेख गरेको छ ।

भारत र बंगलादेशबीच बार्षिक १६ अर्व डलर बराबरको ब्यापारहुने गरेको छ । भारतसँग बंगलादेशले वार्षिक १२ अर्ब डलर बराबरको ब्यापार घाटा बेहोर्दै आएको छ । भारतमा २ अर्ब निर्यात गर्दा बंगलादेशले १४ अर्वको आयत गर्ने गरेको छ ।

पछिल्लो सहमतिले बंगलादेशलाई भनै खासै नाफा नहुने विश्लेषण गरिएको छ । यद्यपी भारतीय रुपैयाँमा कारोबार गर्दा बंगलादेशलाई विदेशी मुद्रा सञ्चितिमा सहज हुने अपेक्षा गरिएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार बंगलादेशसँग हाल २३ अर्ब ५६ करोड डलर बराबरको विदेशी विनिमय सञ्चिति छ । जुन सञ्चिति चार महिनाको आयात धान्न सक्ने बराबरको हो । बंगलादेशले आयातमा केही कडाई गरेपनि विदेशी मुद्रा सञ्चितिमा सुधार आउन सकेको छैन । 


प्रतिक्रिया