अफागानी शरणार्थीलाई आफ्नो मुलुक छाड्न पाकिस्तानको उर्दी

कार्तिक १५, २०८० | काठमाडौं

अफगानिस्तानबाट शरण लिन आएका लाखौं नागरिकलाई आफ्नो मुलुक छाड्न पाकिस्तानले उर्दी जारी गरेको छ । पाकिस्तानले आफ्नो मुलुक नछाडे आजबाट पक्राउ वा फिर्ता पठाउने तयारी गरेको हो । पाकिस्तानको सो निर्णयले लाखौंको संख्यामा रहेका अफगानी शरणार्थी सीमा क्षेत्रमा पुगेका छन् ।

 कागजपत्र विहिन शरणार्थीले पाकिस्तान नछाडेको खण्डमा पक्राउ वा फिर्ता भन्ने सर्त राखेपछि १७ लाख भन्दा बढी अफगानी नागरिक अलपत्र परेको बीबीसीले जनाएको छ । तालिबानले सन् २०२१ मा सत्ता हातमा लिएपछि शरणार्थी भएका उनीहरु सीमा क्षेत्रमा अलपत्र परेका हुन् । 

कयौं अफगानी शरणार्थी दशकौं देखी पाकिस्तानमा शरण लिएर बसिरहेका छन । अफगानिस्तानमा सक्रिय सशस्त्र समुहहरुले पाकिस्तानी सिमा क्षेत्रमा हिंसात्मक आक्रमण गरेपछि इश्लामवादले सो निर्णय गरेको हो । 


प्रतिक्रिया