मलेसियामा ३० दिनसम्म बस्न चिनियाँ र भारतीय नागरिकलाई भिसा नचाहिने

मंसिर ११, २०८० | काठमाडौं

मलेसियाले चीन र भारतका नागरिकलाई विना भिसा आफ्नो मुलुक प्रवेश गर्न दिने भएको छ ।

आगामी डिसेम्वरबाट लागू हुने गरी मलेसिया सरकारले भारत र चीनका नागरिकलाई भिसा नलगाई प्रवेश दिन लागेको हो । मलेसियाका सरकारी अधिकारीहरुका अनुसार, ती दुवै देशका नागरिकले ३० दिनसम्म विना भिषा बस्न पाउनेछन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सो नीतिको घोषणा गर्नुभएको हो ।

बिना भिसा मुलुक प्रवेश कहिलेसम्म लागू हुने हो भन्नेबारे भने केही खुलाइएको छैन । यसअघि पर्यटक बढाउन थाइल्याण्डले पनि भारत र चीनका नागरिकलाई फ्रि भिसामा प्रवेश दिने निर्णय गरेको थियो ।  


प्रतिक्रिया