उत्तराखण्डको सुरुङमा फसेका ४१ कामदारको सुरक्षित उद्धार

मंसिर १३, २०८० | काठमाडौं

भारतको उत्तराखण्डमा सुरुङ भित्र फसेका ४१ कामदारको १७ दिनपछि सुरक्षित उद्धार गरिएको छ ।

पहाडी क्षेत्रमा सुरुङ भत्किँदा उनीहरु १७ दिनदेखि फसेका थिए । साढे ४ किलोमिटर लामो सुरुङ मार्गमा खसेको पहिरो हटाउन ठूला मेसिनले नसकेपछि हाते मेसिनको प्रयोग गरी उनीहरुको उद्धार गरिएको हो ।

उनीहरुलाई १७ दिनसम्म सानो पाइप मार्फत खाना, पानी सहितका अत्यावश्यक सामग्री पु¥याइएको थियो । उद्धार गरिएका सबै ४१ जना सुरक्षित रहेपनि स्वास्थ्य परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई शकुसल बाहिर निकाल्न सरकारले विभिन्न विकल्प प्रयोग गरेको थियो ।


प्रतिक्रिया