ब्राजिलमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

वैशाख २४, २०८१ | काठमाडौं

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । ७२ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर–बजार डुबानमा परेका छन् । १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भएको समाचार संस्था रोयटर्सले जनाएको छ । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।

वर्षाले सो राज्यको जलविद्युत् गृहमा क्षति पु¥याएपछि करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले धेरै सहरका सडक र पुलहरु ध्वस्त पारेका छन् ।

त्यस्तै सोही क्षेत्रमा रहेका अन्य विद्युत् गृहका बाँध पनि भत्किन सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ । त्यहाँको मौसम विभागले सो क्षेत्रमा अझै वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ । 


प्रतिक्रिया