भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवन बाट ३४ जनाको मृत्यु
असार ६, २०८१ | काठमाडौं
भारतको दक्षिणी राज्य तामिलनाडुमा विषाक्त मदिरा सेवन गरेका ३४ जनाको मृत्यु भएको छ ।
कल्लाकुरुचि जिल्लामा विषाक्त मदिरा सेवन गरेपश्चात विरामी भएकामध्ये उनीहरुको मृत्यु भएको हो ।
अस्पतालमा कम्तिमा ८० जना विरामी उपचाररत छन् । केहीको स्वास्थ्य अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
अवैध रुपमा मदिरा भित्राएको आरोपमा स्थानीय प्रशासनले एक वरिष्ठ प्रहरी अधिकारीसहित १० जनालाई निलम्बन गरेको छ ।
विषाक्त मदिरा सेवनका कारण भारतमा हरेक वर्ष कयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।