अमेरिकाद्धारा मेक्सिको र क्यानडालाई लगाइएको कर स्थगित

माघ २२, २०८१ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट वस्तु आयातमा लगाइएको कर तत्कालका लागि रोक्नुभएको छ ।

मेक्सिको र क्यानडाले सीमा अमेरिकासँग जोडिएको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप बन्द गर्ने शर्तमा ३० दिनका लागि कर लगाउने निर्णय स्थगन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सीमा क्षेत्रमा गैरकानूनी आप्रवासी रोक्न तथा आपराधिक क्रियाकपलाप रोक्ने विषयमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले समेत राष्ट्रपति ट्रम्पको आग्रह स्वीकार गर्नु भएको छ । 

सहमति अनुसार आजदेखि लागु हुने गरी आगामी ३० दिनसम्म अमेरिकाले ती २ मुलुकबाट आयात हुने सबै प्रकारका वस्तुमा कर नलगाउने भएको होे । तर, चीनबाट आयात हुने वस्तुमा लगाइएको कर यथावत राखिएकोे छ ।


प्रतिक्रिया