अमेरिकी सहायता निकाय यूएसएडको कार्यालय बन्द
माघ २२, २०८१ | काठमाडौं
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले अमेरिकी सहायता निकाय यूएसएडको कार्यालय बन्द गरेको छ । वासिङटन डिसीस्थित कार्यालय बन्द गरिएको समाचार संस्था रोसटर्सले जनाएको छ । संघीय सरकारको आकार सानो बनाउने राष्ट्रपति ट्रम्पको योजना अनुसार सो कदम चालिएको हो ।
राष्ट्रपति ट्रम्पले अर्बपति एलन मस्कसँग सो विषयबारे सहयोग समेत लिनुभएको जनाएको छ । यसैबीच, यूएसएडको कार्यालय बन्द भएसँगै १ सय मुलुकमा दिँदै आएको सेवा प्रवाह समेत रोकिएको छ । ट्रम्प प्रशासनको कदम प्रति डेमोक्र्याट समर्थनकले भने विरोध जनाउंदै प्रदर्शन गरेका छन् ।
विश्वका सबैभन्दा धनी एवम् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएडविरुद्ध लगातार रुपमा अभिव्यक्ति दिंदै आएका छन् ।
मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै यूएसएडको चर्को विरोध गरेका हुन् । मस्कले यूएसएडलाई उग्र वापमन्थी माक्र्सवादीको संस्था भन्दै त्यसबाट फाइदा लिएका व्यक्तिले उल्टै अमेरिकालाई घृणा गर्ने गरेको टिप्पणी समेत गरेका छन् ।