मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने

माघ २३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सधापति रवि लामिछाने लगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नलगाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीमाथि छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयले आज समिति गठन गरेको हो । नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् । समितिले चितवनको सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेलगायतविरुद्ध चितवन जिल्ला अदालतमा दायर गरेको दर्ता अभियोगपत्रको छानबिन गर्ने दाहालले बताउनुभयो ।


प्रतिक्रिया