भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सीबिच आज भेटवार्ता हुँदै

कार्तिक ७, २०८१ | काठमाडौं

१६ औँ ब्रिक्स सम्मेलनमा सहभागि हुन कजाकस्तान पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबिच आज भेटवार्ता हुँदैछ ।

 शिखर सम्मेलनको एक दिनअघि मात्र भारत–चीन सीमा विवादमा संयुक्त गस्ती गर्नेबारे समझदारी भएको थियो । त्यसैले एशियाका यी दुई ठूला राष्ट्रबीच हुन लागेको द्विपक्षीय भेटवार्तालाई विश्व समुदायले चासोका साथ हेरेका छन् । 

रुसले आयोजना गरेको सम्मेलनमा हिजो मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसौद पेजेस्कीयनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । पुटिनसँग मिलेर रुस–युक्रेन संकट अन्त्य गर्न सबै सम्भव सहयोग प्रदान गर्ने भारतको प्रतिबद्धतालाई प्रधानमन्त्री मोदीले आश्वस्त पार्नुभएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । 

यता रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबिच द्विपक्षीय वार्ता भएको छ । वार्ताको क्रममा वित्तीय समाधानका समस्याका विषयमा छलफल गरेको बताइएको छ । पुटिनले भोलि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने तयारी गर्नुभएको छ ।  


प्रतिक्रिया