पाकिस्तानमा बन्दुकधारी समुहबाट ३८ जनाको हत्या
मंसिर ७, २०८१ | काठमाडौं
पाकिस्तानको उत्तर पश्चिम क्षेत्रस्थित खैबर पख्तु नख्वा प्रान्तको कुराम ट्रिबल जिल्लामा बन्दुकधारी समुहले एक यात्रु बसमा आक्रमण गर्दा ३८ जनाको मृत्यु भएको छ ।
२९ जना घाइते भएको त्यहांको सुरक्षा प्रमुखलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
मारिनेमा अघिकांश महिला र बालबालिका रहेको जनाइएको छ ।
अफगानिस्तनको सिमानजिक रहेको सो क्षेत्रमा सिया र सुन्नीमुस्लिम समुदायबीचको मतभेदका कारण कुराम जिल्लामा दशकौं देखि तनावपूर्ण अवस्था रहंदै आएको छ ।
तर घटनाको अहिले सम्म कुनैपनि समुहले जिम्मेवारी लिएको छैन । पाकिस्तानका राष्ट्रपति आसिफअलि जरदारीले घटनाको निन्दा गर्नुभएको छ ।