युक्रेनसंगको युद्ध विश्वव्यापी द्धन्द्ध तर्फ अघि बढ्यो : पुटिन

मंसिर ७, २०८१ | काठमाडौं

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–युक्रेन युद्ध विश्वव्यापी द्धन्द्ध तर्फ अघि बढेको बताउनुभएको छ ।

अमेरिका र बेलायतले आफ्नो मुलुकमा उत्पादित हतियार रुसमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएसंगै सो जोखिम बढेको राष्ट्रपति पुटिनलाई उद्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसले जवाफी आक्रमण गर्न सक्ने भन्दै पुटिनले पश्चिमा मुलुकलाई चेतावनी समेत दिनुभएको छ । 

पश्चिमा मुलुकको हतियारबाट आफ्नो मुलुकमा आक्रमण भएपछि रुसलाई जवाफी आक्रमण गर्ने अधिकार भएको पुटिनको भनाई छ ।

यसैविच, मध्यम दुरीको क्षेप्यास्त्र युक्रेनी सैन्य स्थानमा प्रहार गरेको रुसले जनाएको छ । 

आगामी दिनमा थप आक्रमण हुन सक्ने भएकाले युक्रेनका सर्वसाधारणलाई सचेत रहन पुटिनले आग्रह गर्नुभएको छ । 


प्रतिक्रिया