इजरेल–हिजबुल्लाहबीच युद्धविराम हुने संकेत

मंसिर ११, २०८१ | काठमाडौं

इजरेल–हिजबुल्लाहबीच युद्धविराम हुने संकेत देखिएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले इजरेल र लेबनानका २ सैन्य समूहबीच युद्धविराम भएको घोषणा गर्ने तयारी गरेको लेवनानी स्रोतलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै, अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युद्धविराम घोषणाको करीब नजिक पुगिएको बताउनुभएको छ ।

तर, युृद्धविरामबारे सम्झौता भएपछि मात्र ढुक्क हुने अवस्था रहेको प्रवक्ता किर्बीले बताउनुभयो ।

फ्रान्सको राष्ट्रपति कार्यालयले युद्धविराम सम्बन्धी छलफलमा महत्वपूर्ण प्रगति भएको जनाएको छ । 


प्रतिक्रिया