महाअभियोग विरुद्ध लड्न तयार छुः दक्षिण कोरियाली राष्ट्रपति युन

मंसिर २७, २०८१ | काठमाडौं

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफूमाथि लगाउने भनिएको महाअभियोग विरुद्ध अन्तसम्म लड्न तयार रहेको बताउनुभएको छ ।

 युनविरुद्ध पर्सि शनिबार संसदमा महाभियोग लगाउने तयारी भइरहँदा मतदान अघि भने आफूले पद त्याग नगर्ने उहाँले बताउनुभएको हो । गत हप्ता गरेको मार्सल ल को घोषणाको बचाउ गर्दै युनले लोकतन्त्र रक्षाका लागि सो कदम चालिएकोे दाबी समेत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

एक टेलिभिजनमा सम्बोधन गर्दै उहाँले विपक्षीको तानशाही कदम र लोकतन्त्रको रक्षाका लागि सो निर्णय वैध भएको दाबी गर्नुभयो । यसैबीच, राष्ट्रपति युन र उहाँका समर्थकहरु अनुसन्धानको दायरामा तानिएका छन् । केही अधिकारीहरुलाई देश छोड्न प्रतिबन्ध समेत लगइएको छ । 

राष्ट्रपति विरुद्धको महाभियोग प्रस्तावका लागि राष्ट्रिय सभाका ३ सय सांसदमध्ये २ सय मत आवश्यक पर्दछ । राष्ट्रपति युनले माफि मागेपनि राजनीतिक प्रतिशोध साध्ने विरुद्धका लागि सो कदम वैध भएको अभिव्यक्ति दिएपछि उहाँकै पार्टीबाट समेत महाअभियोगको पक्षमा मतदान गर्न सक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया