अमेरिकाको आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएको छैनः राष्ट्रसंघीय निकाय

असार १५, २०८२ | काठमाडौं
संयुक्त राष्ट्रसंघको आणविक मामिलासम्बन्धी निकायले केही महिनामै इरानले युरेनियमलाई फेरि प्रयोगमा ल्याउने गरी बम बनाउने सक्ने दाबी गरेको छ । राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत साता तीन इरानी परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेपनि पूर्ण क्षति नभएको बताउनुभएको छ ।
ग्रोसीका अनुसार इरानसँग अझै पनि आणविक हतियारका लागि औद्योगिक र प्राविधिक क्षमता छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी विपरित इरानको आणविक क्षेत्रहरु पूर्ण रूपमा नष्ट नभएको राष्ट्रसंघीय निकायको भनाइ छ । इजरायलले जुन १३ मा इरानले परमाणु हतियार निर्माण गरेको दाबी गर्दै इरानमा परमाणु र सैन्य स्थलहरूमा आक्रमण गरेको थियो । त्यसपछि सो आक्रमणमा अमेरिका पनि सामेल भएको थियो ।