१५ सय बढी अल्पसंख्यक अल्विति समुदायका सर्वसाधारण मारिएको तथ्य सार्वजनिक

असार १७, २०८२ | काठमाडौं

सिरियामा गत मार्च ७ देखि ९ मा भएको हिंसात्मक घटनामा १ हजार ५ सय अल्पसंख्यक अल्विति समुदायका सर्वसाधारण मारिएको तथ्य सार्वजनिक भएको छ ।

सिरियाका पूर्वराष्ट्रपति बसर अल असाद समूहले २ सय सरकारी सुरक्षाकर्मीको हत्या गरेसँगै सुरु भएको हिंसात्मक घटनाका कारण सो संख्यामा सर्वसाधारणको ज्यान गएको समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको छ । 

सिरियाली सरकारका साथै सुन्नी लडाकुले अल्विति गाउँमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा परिवारका सबै सदस्यको हत्या गरिनुका साथै उनीहरुको सम्पत्ति चोरी समेत गरिएको जनाएको छ । सो क्रममा सर्वसाधारणको पशुतुल्य व्यवहार गरी हत्या गरिएको घटनाबाट ज्यान बचाउन सफल भएकालाई उद्दृत गर्दै प्रतिवेदनमा औंल्याइएको छ ।

यसैबीच, सिरियाका नयाँ राष्ट्रपति अहमेद सहाराले घटना हुन दुखद भएको र सो बारे अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति सहाराले यसअघि अलकायतासँग आवद्ध समूहको नेतृत्व गर्दै आउनुभएको थियो । 


प्रतिक्रिया