मनोमोहन सिंहको निधन
पुस १२, २०८१ | काठमाडौं
भारतका पूर्व प्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको निधनका कारण भारतमा ७ दिनसम्म शोक दिवस मनाइने भएको छ । ९२ वर्षको उमेरमा हिजो राती निधन भएका पूर्व प्रधानमन्त्री सिंहको राष्ट्रिय सम्मानका साथ भोली अन्त्येष्टी गरिने भारतीय संचारमाध्यमले जनाएको छन् ।
यसैविच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गर्नुभएको छ । मोदीले सिंह भारतकै ‘सबैभन्दा प्रतिष्ठित नेता’ भएको जनाउँदै उहाँको निधनमा देशले शोक व्यक्त गरेको बताउनुभएको छ ।
मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, –‘भारतका प्रधानमन्त्रीको रूपमा उहाँले जनताको जीवनस्तर सुधार्न व्यापक प्रयास गर्नुभयो ।’
सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका सिंहको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो ।
सिंहभारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिनुहन्छ । घरमै बेहोस भएका सिंहलाई उपचारका लागि एम्स पु¥याइएपनि सिंहको उपचारकाक्रममा भारतीय समयअनुसार गएराति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
एम्सअस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, –उहाँमा उमेरसँग सम्बन्धित चिकित्सकीय समस्याहरू देखिएपछि उपचार भइरहेको थियो र सन् २०२४ डिसेम्बर २६ मा घरमा अचानक बेहोस हुनभएको थियो,’ उहाँलाई निको पार्न घरमै प्रयास गरिएपनि सम्भव नभएपछि एम्सको इमर्जेन्सीमा ल्याइएको थियो ।’
यसैबीच, पूर्वप्रधानमन्त्री राजीव गान्धीकी छोरी तथा भारतीय कंग्रेस पार्टीकी सदस्य प्रियंका गान्धीले सिंह ’अन्तसम्म साँच्चै समतावादी, बुद्धिमान्, दृढ इच्छाशक्ति र साहसी’ नेता भएको जनाएकी छन् । कंग्रेस नेता तथा प्रियंकाका भाई राहुलले ’एक गुरु र मार्गदर्शक गुमाएको’ जनाएका छन् ।
सिंह जवाहरलाल नेहरू पछि पहिलो कार्यकाल पुरा गरेर पुनः निर्वाचित हुने भारतका पहिलो प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भारतमा शीर्ष पदमा पुग्ने सिख समुदायका पहिलो नेतासमेत हो ।