ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

माघ १५, २०८१ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । 

ट्रम्पविरुद्धका दुई फौजदारी मुद्दामा वकालत गरेका एक दर्जनभन्दा बढी वकिललाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

न्याय विभागका एक कर्मचारीका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

 ट्रम्पलाई अभियोजन गर्ने काममा उनीहरुको भूमिकाका कारण राष्ट्रपतिको एजेन्डालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न नसकिने निष्कर्ष निकालिएको विभागका एक अधिकारीले बताए।

तीवकिलहरु पूर्व विशेष वकिल ज्याक स्मिथको टोलीको हिस्सा रहेको र ट्रम्पको वर्गीकृत कागजातको दुरुपयोग गरेको आरोप लागेको छ ।

यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ।यी आदेश सेनामा यौनिक तथा लैंगिक अल्ससंख्यक समुदायकोे भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको पुनस्र्थापना र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित रहेको बताईएको छ ।


प्रतिक्रिया