अमेरिकाले युएसएड बन्द गरेसंगै अविकसित मुलुकमा भोकमरिको समस्या हुने
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/default/Radio1711255025-1736234921.jpg&w=700&height=600)
माघ २५, २०८१ | काठमाडौं
अमेरिकाले युएसएड ग्क्ब्क्ष्म्बन्द गरेसंगै प्यालेष्टाइनको गाजा तथा अफ्रिकी मुलुक लगायतका अविकसित मुलुकमा भोकमरिको समस्या हुने देखिएको छ ।
ती मुलुकका लागि लैजादै गरिएका करिव ३० करोड ४० लाख डलरको ५ लाख मेट्रिक टन खाद्यान्न बाटोमै अलपत्र परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
जसका कारण ति मुलुकमा कुपोषण, तथा मृत्यु सम्मको जोखिम हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । युएसएआईडी बन्द हुंदा अफ्गानिस्तानका ४० प्रतिशत जनसंख्या भोकमरिको शिकार हुने प्रक्षेपण गरिएको छ ।
त्यहांका अधिकांश जनता रोटी र चियाको भरमा बांचिरहेको जनाइएको छ ।
यसैविच, अनावश्यक खर्च भएको भन्दै बन्द गरिएको युएसएआईडीका विश्वभरका १० हजार कर्मचारी मध्ये २ यस ९४ जनालाई मात्र राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सेवामा समावेश गरेको रोयटर्सले जनाएको छ ।