हमासद्वारा थप ३ इजरायली बन्धक रिहा

फाइल फोटो  

माघ २६, २०८१

प्यालेस्टिनी समूह हमासले आज गाजा पट्टीबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो ।

हमासले उनीहरुलाई सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो । हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले समेत थप १ सय ८३ जना प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । आज रिहा भएकामध्ये ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद सजाय काटिरहेकाहरु भएको बताइएको छ ।

इजरायल र हमासबीच गत जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३ सय ८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।


प्रतिक्रिया