निर्वाचन सहितका थप ऐन संशोधन गर्ने सरकारको तयारी
माघ २६, २०८१ | काठमाडौं
सरकारले थप ऐन संशोधन गर्ने तयारी गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले सरकारले विभिन्न ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
हाल नेपालमा निर्वाचन सम्बन्धी विभिन्न कानुन रहेकोमा सबै कानुनलाई एकीकृत गर्ने गरि सरकारले काम अघि बढाएको उहाँले बताउनुभयो ।
सरकारले अध्यागमन र भूमि सम्बन्धी ऐन समेत संशोधन गर्ने गृहकार्य गरिरहेको मन्त्री लेखकको भनाई छ । भूमि सम्बन्धी ऐनका प्रावधानले विकास निर्माणका काम प्रभावित हुने गरेको लेखकले बताउनुभयो ।
पछिल्लो समय समाजिक सञ्जालमा संविधानको भावना विपरितका विषय सार्वजनिक गर्ने र घृणाजन्य अभिव्यक्ति दिने काम भइरहेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको गृहमन्त्री लेखकको भनाई छ ।