युद्धविरामको वार्ता सुचारु गर्न हमासद्वारा अस्वीकार

चैत्र ६, २०८१

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलसँग युद्धविरामको वार्ता सुचारु गर्न अस्वीकार गरेको छ । हमासले वार्ताको लागि मार्ग प्रशस्त नगरे नयाँ वार्ता गर्न नपर्ने जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले विगतको सम्झौतालाई कार्यान्वयन गर्नमा जोड दिनुपर्ने हमासको भनाइ छ । 

इजरायलले गरेको सैन्य आक्रमणमा इजरायली बन्दी समेत मारिन सक्ने हमासले चेतावनी समेत दिएको छ । यसैबीच, इजरायलले आज पनि गाजा क्षेत्रमा गरेको आक्रमणमा परि १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टाइनमा लडाइँ पुनः सुरु गर्ने बताएलगत्तै विगत २४ घण्टामा इजरायलले गाजापट्टीमा हवाई आक्रमण गरिरहेको छ ।  


प्रतिक्रिया