उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

वैशाख ३०, २०८२ | काठमाडौं

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

मुहिकाको मृत्युको कारण नखुलाइए पनि उहाँ केही समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित रहेको बताइएको छ । उरुग्वेका राष्ट्रपति यामाण्डु ओरसीले मुहिकाको निधनबारे जानकारी दिँदै एक्समा लेख्नुभएको छ, ‘तपाईंले हामीलाई जे दिनुभयो, त्यसका लागि र नागरिकप्रति तपाईंको गहिरो मायाका लागि धन्यवाद ।’

उहाँ सन् २०१० मा ७४ वर्षको उमेरमा राष्ट्रपति बन्नु भएको थियो । आफ्नो ५ वर्षे कार्यकालमा मुहिकाले राष्ट्रपति भवनमा नबसेर आफ्नै घरमा बसेर कार्यभार सम्हाल्नु भएको थियो । 

सन् १९७३ मा सैनिक ’कू’ का क्रममा बन्धक बनेका मुहिका १४ वर्ष जेलजीवन बिताउनुभएको थियो । पछि जेलबाट छुटेपछि उहाँ तल्लो सदन ’च्याम्बर अफ रि–प्रेजेन्टेटिभ्स’ र माथिल्लो सदन ’सिनेट’ का सदस्यसमेत रहनुभयो । 

उहाँ सन् २०१० मा ७४ वर्षको उमेरमा राष्ट्रपति बन्नुभएको थियो । साधारण जीवनशैलीका कारण ’विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’का रुपमा समेत परिचित मुहिकाले सन् २०२० मा राजनीतिबाट सन्यास लिनुभएको थियो ।


प्रतिक्रिया