रुस र युक्रेनबीचको वार्ता निश्कर्षबिहिन हुने

जेष्ठ २, २०८२ | काठमाडौं
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न अस्विकार गरेपछि दुई मुलुकबीच हुने भनिएको शान्ति वार्ता निश्कर्षबिहिन हुने देखिएको छ ।
टर्कीमा हुने भनिएको वार्तामा पुटिनले आफ्ना सहयोगी पठाएपछि वार्ताको महत्वमाथि प्रश्नहरु उठेका हुन् ।
पुटिनले शान्ति वार्ताका लागि आफ्नो तल्लो तहको प्रतिनिधिमण्डल पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसले वार्तालाई महत्व नदिएको भन्दै युक्रेनले पनि रक्षामन्त्री ओलेक्सी रेजनिकोभको नेतृत्वलाई वार्तामा सहभागी गराएको छ ।
पुटिन आउने अपेक्षामा जेलेन्स्किी भने यसअघि नै वार्ताका लागि टर्की पुग्नु भएको थियो ।
वार्तालाई उपेक्षा गरेर पुटिनले युद्ध रोक्ने तर्फ रुस गम्भीर नभएको जेलेन्स्कीले बताउनु भयो ।
आफुलाई टर्कीमा बोलाएर पुटिनले धोका दिएको जेलेन्स्कीको भनाई छ ।
सन् २०२२ पछि दुई मुलुकबीच पहिलोपटक हुन लागेको वार्तामा दुवै मुलुकका राष्ट्रपतिको अनुपस्थितीका कारण तत्कालै समाधान निस्कने सम्भावना नरहेको बताइन्छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग आफ्नो भेट नभएसम्म वार्तामा कुनै प्रगति नहुने बताउनु भएको छ ।