गाजा क्षेत्रमा इजरालयको नाकाबन्दीका कारण १४ हजार बालबालिका जोखिममाः राष्ट्रसंघ

जेष्ठ ७, २०८२ | काठमाडौं

इजरायलको नाकाबन्दीका कारण गाजा क्षेत्रका १४ हजार बालबालिकाको ज्यान जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

हमासलाई बन्दी रिहाइ गर्न दबाब दिँदै इजरायलले आक्रमण तीब्र गरेसँगै गाजामा मानवीय संकट चुलिएको हो । गत मार्च २ देखि इजरायलले गरेको आक्रमणमा परि ३ सय २६ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । आक्रमण बढाएसँगै इजरायलले सीमित मात्रामा मानवीय सहायता उपलब्ध गराउने बाटो खुला गरेपनि अहिलेसम्म कुनै सहायता वितरण नगरिएको राष्ट्रसंघले जनाएको छ ।

गाजामा उत्पन्न मानवीय संकटप्रति चिन्ता जनाउदै बेलायत र युरोपियन युनियनले इजराललाई युद्ध रोक्न दवाव दिइरहेका छन् । बेलायतले इजरायलसँग स्वतन्त्र व्यापार वार्ता स्थगित गरेको छ । युरोपियन युनियनले भने इजरायलसँगको राजनीतिक तथा आर्थिक सम्बन्ध पुनरावलोकन गर्ने जनाएको छ । इजरालय र गाजा युद्धका कारण अहिलेसम्म ५३ हजार बढी सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  


प्रतिक्रिया