एसईईको नतिजा सार्वजनिक, ६१ प्रतिशत बढी उत्तीर्ण

असार १३, २०८२

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । 

बोर्डले आज २०८१ सालको एसईईको नतिजा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा उत्तीर्ण हुनेको प्रतिशत ६१ दशमलव ८१ रहेको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको बताइएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४७ दशमलव ८६ प्रतिशत थियो ।

गत वर्षको चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । यस्तै, पुरक परीक्षा भने आगामी साउन २९ गते देखि सञ्चालन हुने बोर्डले जनाएको छ । 


प्रतिक्रिया