बाढी र डुबानका कारण पाकिस्तानमा २५ जनाको मृत्यु

असार १३, २०८२ | काठमाडौं
निरन्तरको वर्षापछिको बाढी र डुबानका कारण पाकिस्तानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
प्रादेशिक विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले पञ्जाब क्षेत्रमा बाढीबाट १३ स्थान प्रभावित भएको उल्लेख गरेका छन् । यस्तै, खैबर पख्तुनख्वा प्रान्तकोस्वाट नदीमा आएको बाढीले एकै परिवारका१८ जनालाई बगाएको छ ।
त्यस्तै, चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले पाकिस्तानस्थित मौसम विभागलाई उद्धृत गर्दै यस सिजनमा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने उल्लेख गरेको छ ।