भारतको स्वामित्व भएको नदीबाट पाकिस्तानले पानी नपाउने

जेष्ठ ९, २०८२ | काठमाडौं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वामित्व भएको नदीबाट पाकिस्तानले पानी नपाउने बताउनुभएको छ ।
गत अप्रिल २२मा कस्मिरमा भएको आतंकवादी हमला पश्चात भारतले सन् १९६० को इन्डुस जलसम्झौता निलम्बन गर्दै पाकिस्तानलाई आफ्नो मुलुकबाट बग्ने ३ वटा नदीको पानी रोक्दै आएको छ ।
भारतको उत्तर पश्चिम क्षेत्रस्थित राजस्थानमा आयोजित कार्यक्रममा संबोधन गर्दै प्रधानमन्त्री मोदीले कस्मिर हमलामा पाकिस्तानको संलग्ना रहेको र आतंकवाद विरुद्ध भारतले सधैं विरोध गर्ने बताउनुभएको छ ।
उता पाकिस्तान भने पानीका लागि भारतसंग वार्ता गर्न चाहेको बताएको छ ।
पाकिस्तानका कानुनी अधिकारीले भारतले पानी सम्बन्धी सम्झौता प्रति प्रतिवद्ध हुनुपर्ने जनाएका छन् ।
कस्मिरमा भएको हमला पछि भारत र पाकिस्तान बिचको सम्बन्ध थप तनावपूर्ण अवस्थाबाट गुग्रिएको छ ।