गाजा क्षेत्रमा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको राष्ट्रसंघको भनाइ

जेष्ठ १८, २०८२ | काठमाडौं

हमासले इजरायलमा आक्रमण गरेपछि पछिल्लो २० महिनादेखि जारी युद्धका कारण गाजा क्षेत्रमा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको छ ।

निरन्तर बम आक्रमण, कुपोषण, ठूलो संख्यामा सर्वसाधारणको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार राष्ट्रसंघ तथा यसका साझेदार संस्थाले पठाएको राहत सामग्री बोकेका पाँच सवारीसाधनलाई चार दिनपछि पहिलो पटक गाजामा प्रवेश गर्न दिइएको थियो । सो अस्पतालमा शुक्रबार केही सशस्त्र समूह प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएको औषधि र उपकरण लुटेका हुन् ।

राष्ट्रसंघका अनुसार झन्डै ८० दिनदेखि आपूर्ति पूर्णरुपमा बन्द गरिएकाले गाजा क्षेत्रमा स्वास्थ्य तथा खाद्यान्न संकट चरम अवस्थामा पुगेको छ । करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न सो राहत अपर्याप्त रहेको राष्ट्रसंघले उल्लेख गर्दै आइरहेको छ ।  


प्रतिक्रिया