पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको हत्या

जेष्ठ २०, २०८२ | काठमाडौं

पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटक स्टार सना युसुफको हत्या भएको छ । 

सोमबार इस्लामाबादस्थित घरमै गोली हानेर उनको हत्या गरिएको हो । हिजो साँझ एक अज्ञात व्यक्तिले गोली हानी युसुफको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सनाकी आमाले प्रहरी कार्यालयमा दिएको उजुरीअनुसार उनको छातीमा दुईवटा गोली लागेको थियो । सनाको स्थायी घर खैबर पख्तूनख्वा प्रान्तको चित्राल जिल्ला हो तर उनी केही समयदेखि परिवारसँग इस्लामाबादमै बस्दै आएकी थिइन् । टिकटकमा उनलाई ८१ हजारले फलो गरेका छन् ।

 हिजो मात्र उनले आफ्नो जन्मदिनको भिडियो इन्स्टाग्राममा सेयर गरेकी थिइन् । पाकिस्तानमा टिकटकरको हत्या भएको यो पहिलो घटना होइन । यसअघि पञ्जाबमा टिकटकर इकरा आजमको आफन्तले नै हत्या गरेको समाचार सार्वजनिक भएको थियो । 


प्रतिक्रिया