दक्षिण कोरियाको नयाँ राष्ट्रपति निर्वाचनमा विपक्षी दलको अग्रता

जेष्ठ २०, २०८२ | काठमाडौं
दक्षिण कोरियामा आज भएको नयाँ राष्ट्रपतिको निर्वाचनमा विपक्षी दलले अग्रता कायम गरेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका लि जेई मियुङ र कन्टरभेटिभ पार्टीका किम मुन सु प्रतिस्पर्धामा छन् । एक्जिट पोलका अनुसार मुख्य विपक्षी दल डेमोक्रेटिक पार्टीका लिले ५० प्रतिशतभन्दा बढी समर्थन पाएको देखाएको छ ।
जबकी सत्तारुढ दल पिपुल पावर पार्टीले ३९ प्रतिशत मात्र समर्थन पाएको देखाएको छ । निर्वाचनमा दुवै उम्मेदवारले आर्थिक विकासका नारा अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघिका राष्ट्रपति युन सुक योल शैनिक शासन लागू गरेको आरोपमा अदालतबाट दोषी ठहर भएसँगै दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन भएको हो ।